उद्योग तथा व्यवसाय महासंघको अध्यक्षमा विष्ट

Devghat Online

शेयर गरौ

दमौली, माघ १५

नेपाल उद्योग तथा व्यववसाय महासंघ तनहुँको अध्यक्षमा इश्वरबहादुर विष्ट निर्वाचित भएका छन् । महासंघको सोमबार दमौलीमा सम्पन्न प्रथम अधिवेशनले पुनः विष्टको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ ।
महासंघको उपाध्यक्षद्वयमा ऋषिराम भुषाल र नारयणकुमार श्रेष्ठ, सचिवमा उपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा बलभद्र श्रेष्ठ तथा उपसचिवद्वयमा सरस्वती पोख्रेल र मुन्नी खातुन चयन भएका छन् ।

सो अधिवेशनको नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य एवं नेपाल उद्योग तथा व्यववसाय महासंघ गन्डकी प्रदेशका अध्यक्ष सन्जिब बहादुर कोईरालाले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष कोईरालाले अहिले देशभरका उद्योगी व्यवसायीहरु ठुलो मारमा परेको भन्दै उद्योगी व्यवसायीहरुलाई बचाउन राज्यले राम्रो नीति ल्याउनु पर्ने बताए ।

म्हासंघका अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुर्यबहादुर भुजेल, नेकपा एमाले गन्डकी प्रदेश कमिटिका पुर्व सदस्य श्रीराम कार्की, जिल्ला कमिटिका सचिवालय सदस्य रामजी लौडारी, नेपाल उद्योग वाणिज्य महासंघ गन्डकी प्रदेशका सदस्य हरिकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सचिव रघुनाथ पौडेलले र स्वागत उपाध्यक्ष विमलप्रसाद रिमालले गरेका थिए ।

महासंघ तनहुँ शाखाको सोमबार नै बसेको पहिलो बैठकले आगामी माघ २० गते पोखरामा हुने महासंघको गन्डकी प्रदेशको महाधिवेशनको लागि अध्यक्ष विष्ट, तुल्सीराम पाण्डे, हस्तबहादुर खड्का, सरस्वती पोख्रेल र जोशीला थापालाई तनहुँ जिल्लाबाट प्रतिनिधि चयन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती