दमौली, माघ १६
म्याग्दे गाउँपालिकामा निशुल्क मृगौला परिक्षण सुरु भएको छ । ‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकाले मंगलबारबाट निशुल्क मिगौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको छ ।



मृगौला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मृगौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा शुरु गरिएको स्वास्थ्य शिविर कार्यक्रम पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गरे ।
कार्यक्रमको शुभारम्भ गर्दै गाँउपालिकाका अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य वनाउनका लागी कसरी अभिभावकीय वन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निशुल्क रुपमा मृगौला परिक्षणको कार्यक्रम ल्याईएको बताए ।
‘सामान्य खानपीन र स्वास्थ्यमा ध्यान नदिदाँ मृगौला रोगले ग्रसित बनिरहदाँ, दैनिक रुपमा मृगौला पिडितहरु दैनिक जसो सहयोगका लागी गाउँपालिका धाईरहदाँ जनताको दुखमा साथ दिने अभियानमा पालिका जोडिएको हो ।’ अध्यक्ष थापाले भने । गाउँपालिकाभित्रका सातै वडामा निशुल्क मृगौला परिक्षणको कार्यक्रम रहेको हुदाँ सवैलाई मृगौला परिक्षणमा जोडिन पनि आग्रह गरे ।
यसैगरि गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले यो कार्यक्रम आम जनतालाई सामान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको बताए । ‘रोग लागिसकेपछि उपचार गर्न पर्ने वाध्यता अगावै सचेत हुनका लागी यो शिविरले महत्वपुर्ण भुमिका खेल्नेछ ।’ उपाध्यक्ष थापाले भने ‘आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेको हुदाँ रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्छ ।’
कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनिको समाजिक उत्तरदायित्व अन्तरगत रहेर सकेको सहयोग गरिएको बताए । स्थानिय जनताको आम स्वास्थ्य सेवा जोडिएको विषयमा सहयोग गर्ने कम्पनिको लक्ष्य रहेको हुदाँ भोलिका दिनमा पनि जनचासोको विषयमा सकेको सहयोग गर्ने बताए ।
यसैगरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अव आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने बताए ।
यसैगरि फागुनको १६ देखि चैत्तको ७ गतेसम्म एकीकृत घुम्ति शिविर पनि गरिने अधिकारीले बताए । माघ १६ गते देखि २३ गते सम्म संचालन हुने निशुल्क मृगौला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन समेत पालिकाले अपिल समेत गरेको छ ।