महेन्द्रज्योती मावि शिशाघाटको बार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, माघ १६

व्यास नपा–६ शिशाघाट स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन सोमवार सम्पन्न भएको छ ।

उक्त वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । वार्षिकोत्सवको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका निम्ति नपाको सहयोग सदैब रहिरहने बताए । उनले व्यवहारिक र उत्पादनमूलक शिक्षा प्रदान गर्ने नीति भएमात्रै बेरोजगारी अन्त्य हुने जनाए ।

विव्यस अध्यक्ष केशर आलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास ६ का वडा अध्यक्ष जीवन गुरुङ, रुपा ३ का वडा अध्यक्ष दिपेन्द्र गौतम, नेपाली कांग्रेसका दिपक ढुंगाना, नेकपा एमालेका टोप बहादुर परियार, विद्यालयका प्रअ बुद्धिकुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक डम्बरदेव कैनी, पूर्व विव्यस अध्यक्ष मेघ प्रसाद नागिला, पूर्व विद्यार्थी मञ्च अध्यक्ष भानु चापागाई, संजिव कुमार पतेनीभाट, खुशिराम ढौनिया लगायतले बोलेका थिए ।

विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा नृत्य लगायतका प्रतियोगिताहरु समेत गरिएको थियो । कार्यक्रममा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको