खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, माघ १८

चितवनस्थित नारायणगढ मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देही घर भएका ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार राना मंगलबार बेलुकी करिब ११ बजेतिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

माघ ११ गतेदेखि बिदामा रहेका उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए। दुर्घटनामा ३५ वर्षीय विकास सुनार पुन घाइते छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल