सांसद श्रेष्ठद्वारा आबुँखैरेनी अस्पतालको अनुगमन

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १८

पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आबुँखैरेनी गाउँपालिकाद्वारा सन्चालित आबुँखैरेनी अस्पतालको अनुगमन गरेका छन् ।

सांसद श्रेष्ठले विहिबार आबुँखैरेनी अस्पतालमा गई सो अस्पतालले प्रदान गरिरहेको सेवा सुविधा तथा अस्पतालको भौतिक तथा वित्तिय अवस्थाको बारेमा जानकारी लिएका थिए ।

सो अवसरमा सांसद श्रेष्ठले आबुँखैरेनी अस्पताललाई आवश्यक पर्ने दक्ष जनशक्ति तथा उपकरण व्यवस्थापनकोलागि आफुले पहल तथा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालको अवस्थाको बारेमा सांसद श्रेष्ठलाई जानकारी दिँदै भौतिक पुर्वाधार विकास, थप दक्ष जनशक्ति तथा उपकरणको व्यवस्थापनकोलागि सहयोग गर्न सांसद श्रेष्ठ समक्ष अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को