म्याग्देमा भएको निशुल्क मृगौला परिक्षणमा ३५५ जनाको मृगौला परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ १८

म्याग्दे गाउँपालिकामा सन्चालित निशुल्क मृगौला परिक्षणमा विहिबार ३५५ जनाको मृगौला परिक्षण भएको छ । विहिबार वडा नम्बर ७ को स्वामीधारमा मृगौला परिक्षण शिविर राखिएको थियो । सो अवसरमा २२७ महिला र १२८ पुरुष गरि ३५५ जनाका मृगौला परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए ।

‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकाले मंगलबारबाट निशुल्क मिगौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको थियो । उक्त शिविर माघ २३ गते सम्म संचालन हुने भन्दै घिमिरेले निशुल्क मृगौला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन अनुरोध गरे ।

मृगौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मृगौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा सो स्वास्थ्य शिविर सन्चालन गरिएको हो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिका भित्रका जनतालाई स्वास्थ्य वनाउनका लागी कसरी अभिभावकीय वन्न सकिन्छ भन्ने सोचका साथ गाउँपालिकाले निशुल्क रुपमा मृगौला परिक्षणको कार्यक्रम ल्याईएको बताए । ‘सामान्य खानपीन र स्वास्थ्यमा ध्यान नदिदाँ मृगौला रोगले ग्रसित बनिरहदाँ, दैनिक रुपमा मृगौला पिडितहरु दैनिक जसो सहयोगका लागी गाउँपालिका धाईरहदाँ जनताको दुखमा साथ दिने अभियानमा पालिका जोडिएको हो’ अध्यक्ष श्रेष्ठले भने । गाउँपालिकाभित्रका सातै वडामा निशुल्क मृगौला परिक्षणको कार्यक्रम रहेको हुदाँ सवैलाई मृगौला परिक्षणमा जोडिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले यो कार्यक्रम आम जनतालाई सामान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको बताए । ‘रोग लागिसकेपछि उपचार गर्न पर्ने वाध्यता अगावै सचेत हुनका लागी यो शिविरले महत्वपुर्ण भुमिका खेल्नेछ ।’ उपाध्यक्ष घिमिरेले भने ‘आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेको हुदाँ रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अब फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल