बन्दिपुरमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ १८

बन्दिपुर गाउँपालिकामा विहिबार सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सुचना आयोगको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुचनाको हकको महत्वबारेमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सुचनाको हकको सम्मान गर्दै गाउँपालिकाको कार्य सम्पादनलाई पारदर्शी र प्रभावकारी बनाईएको बताए । अध्यक्ष थापाले गाउँपालिका निर्णयहरु वेवसाईट मार्फत सार्वजानिक गरिएको पनि बताए ।

आयोगका आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएकोगाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खत्री, आयोगको कार्यालयका कर्मचारीहरु, बन्दिपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरु, अन्य सरोकारवाला ब्यक्ती तथा निकायहरुका प्रमुख एवम् प्रतिनिधिहरु तथा गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित