देवघाटमा आज राती ‘जनावर सम्मेलन’ हुने

Devghat Online

शेयर गरौ

देवघाट, माघ १९

देवघाटमा आज राती ‘जनावर सम्मेलन’ हुने भएको छ । देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा ‘जनावर सम्मेलन’ नाटक मन्चन गरिन लागिएको हो ।

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २७ औँ वार्षिक पुण्यतिथिका अवसरमा परमानन्द संस्कृत गुरुकुलद्वारा आयोजना गरिएका कार्यक्रमहरू मध्ये आज राती ७.३० बजेदेखी जनावर सम्मेलन नाटक मन्चन गरिने भएको छ ।

परमानन्द काब्य सरिताको १५ औं सृङखला अन्तर्गत नाटककार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा सुनील उपाध्यायद्वारा निर्देशित नाटक ‘जनावर सम्मेलन’ आज राती गुरुकुल भवनमा मन्चन गरिन लागिएको परमानन्द संस्कृत छात्र कल्याण परिषदले जनाएको छ ।

सो कार्यक्रममा बरिष्ठ भाषाविद् प्रा.डा. माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता तथा हरिहर सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको संरक्षकत्व रहने जनाईएको छ । मानवीय अत्याचारका विरुद्धमा जनावरहरूको सङ्गठित आवाजको रुपमा उक्त नाटक मन्चन गर्न लागिएको परिषदले जनाएको छ ।

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २७ औँ वार्षिक पुण्यतिथिका अवसरमा परमानन्द संस्कृत गुरुकुलद्वारा माघ १७ गतेदेखी विभिन्न कार्यक्रमको आयोजना गरिँदै आएको छ । सोही कार्यक्रम अन्तर्गत आज शुक्रबार राती नाटक मन्चन गर्न लागिएको हो । नाटक मन्चनपछि गुरुकुलमा साधनारत कविहरुको कविता बाचन एवं आगन्तुकहरुको रचना वाचन कार्यक्रम हुनेभएको छ ।

यसै अवसरमा माघ २० गते शनिबार विहान गुरुपुजन, ब्रह्मलिन गुरुको समाधीमा रुद्राभिषेक तथा आरती, ख्यातीप्राप्त कलाकारहरुद्वारा भक्तिसंगित, दाताहरुको सम्मान तथा अपरान्ह ४ बजेपछि पुर्व विद्यार्थी सम्मेलन र साँझ समग्र कार्यक्रमको समिक्षा र समापन हुने गुरुकुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू