साहारा चितवन सहकारीका बचतकर्तालाई उजुरी दिन चितवन प्रहरीको अनुरोध

Devghat Online

शेयर गरौ

चितवन, माघ १९

जिल्ला प्रहरी कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि.का निक्षेपकर्ताहरुलाई उजुरी दिन आह्वान गरेको छ ।

चितवन प्रहरीले शुक्रबार सार्वजानिक सुचना प्रकाशित गरि भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा केन्द्रिय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि.को केन्द्रीय कार्यालय, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्ध रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको भनि ठगी सम्बन्धी कसूरमा यस कार्यालयमा जाहेरी प्राप्त हुन आएको र हाल उनीहरु विरुद्ध ठगी कसूर मुद्दा शिर्षकमा अनुसन्धान कार्य जारी रहेकोले उजुरी दिन छुटेका अन्य निक्षेपकर्ताहरु १५ दिन भित्र जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई उजुरी दिन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा सुचना अधिकारी श्रीराम भन्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण