साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

शेयर गरौ

दाङ,माघ २१

साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीलाई श्रीमती टीका विक र छोरा शुशान्तको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनले घोराहीस्थित एक होटलमा श्रीमती र छोराको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) जनकबहादुर मल्लले बताए।रोल्पाको रुन्टिगढीका पिमलाल श्रीमती र छोरा सहित गएराति घोराहीस्थित होटेलमा बास बसेका थिए । प्रहरीका अनुसार, श्रीमती र छोरा शनिबार मात्रै रोल्पाबाट घोराही आएका थिए । पिमलालले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेको डीएसपी मल्लले जानकारी दिए ।

पिमलाल आफै जिल्ला प्रहरी कार्यालय पुगेर आफूले हत्या गरेको जानकारी गराएको डीएसपी मल्लको भनाइ छ।“मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान पिमलाल नेपालीले कार्यालयमा आएर भनेका थिएका छन्,” डीएसपी मल्लले भने, “पछि उनले भनेको होटेलमा गएर हेर्दा श्रीमती । छोराको शव कोठामा फेला परेको छ ।”किन हत्या गरे भने खुल्न बाँकी छ । पिमलाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान