नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने

शेयर गरौ

मुग्लिन,माघ २१

पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्मका लागि हरेक दिन दिउँसो ४ घण्टा बन्द हुने भएको छ । यो खडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने काम भइरहेकाले दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

‘नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदै माघ २१ गतेदेखि फागुन १२ सम्मका लागि पुनः दिनको १२ देखि ४ बजेसम्म सो खण्डको आवागमन बन्द रहने कुराको समेत जानकारी गराउदछौं,’ कार्यालयले आफ्नो फेसबूक पेजमा लेखेको छ । यसअघि पनि यो खडकखण्ड दिउँसो केही घण्टा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न