नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने

शेयर गरौ

मुग्लिन,माघ २१

पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्मका लागि हरेक दिन दिउँसो ४ घण्टा बन्द हुने भएको छ । यो खडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने काम भइरहेकाले दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

‘नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदै माघ २१ गतेदेखि फागुन १२ सम्मका लागि पुनः दिनको १२ देखि ४ बजेसम्म सो खण्डको आवागमन बन्द रहने कुराको समेत जानकारी गराउदछौं,’ कार्यालयले आफ्नो फेसबूक पेजमा लेखेको छ । यसअघि पनि यो खडकखण्ड दिउँसो केही घण्टा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि