रोटर्याक्ट दमौलीद्वारा राम्चे चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

रोटर्याक्ट क्लब अफ दमौलीले शनिवार व्यास नगरपालिका ११ राम्चे ओडारे स्थित चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ए वान डेन्टल क्लिनिक तथा व्यास डाइग्नोष्टिक प्रालि र रोटर्याक्ट त्रिभुवन युनिभर्सिटीको प्राविधिक सहयोगमा सम्पन्न शिविरलाई व्यास नगरपालिकाले पनि सहयोग रहेको थियो ।

स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष एक स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्याक्टले दुर्गम चेपाङ बस्तीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।

शिविरबाट चेपाङ बस्तीका १सय १२ जना लाभाविन्त भएका छन् । सो अवसरमा जेनेरल फिजिसियन, आखाँ रोग विशेषज्ञ र दातँ सम्बन्धी विशेषज्ञद्धारा सेवा प्रदान गरिएको उनले बताए । शिविरमा स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी पनि प्रदान गरिएको थियो । साथै शिविरमा निशुल्क सुगर परिक्षण र ब्लड गुप्र पहिचान समेत गरिएको अध्यक्ष बिमलीले जानकारी दिए ।

क्लबले ‘एक घर, एक फस्र्ट एड किट अभियान’ भन्ने नाराका साथ ४६ परिवारलाई प्रथामिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए । चेपाङ परिवार, एक विद्यालय र स्थानीय चर्चलाई प्रथामिक उपचार किट सहयोग गरिएको पौडेलले बताए ।

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको बस्तीमा सामान्य उपचारको अभाव नहोस् भन्ने उद्देश्यले प्रथामिक उपचार किट हस्तान्तरण गरिएको अध्यक्ष बिमलीले बताए । प्रथामिक उपचारको महत्व र आवश्यकता बुझाउन पनि प्रथामिक उपचार सामग्री सहयोग अभियान सुरु गरिएको उनले बताए ।

शिविरको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै चेपाङ समुदाय चेतनाको स्तरमा धेरै पछाडी रहेकाले उनीहरुको स्वास्थ्य,शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताए । साथै रोटर्याक्टले स्वास्थ्य शिविरका लागि चेपाङ बस्तीलाई छनोट गरि उदाहरणीय काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल