सोमबार प्रेस चौतारीको स्थापना दिवस, ६ पत्रकार पुरस्कृत हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न विधाको पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार स्थापना दिवसको अवसरमा सोमबार प्रदान गरिनेछ ।

वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा प्रेस चौतारीका महासचिव हिरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो । उक्त समितिको विभिन्न चरणका बैठक, छलफल, संवाद मार्फत ६ वटा विधाका विभिन्न पुरस्कारबाट ६ जना अग्रज तथा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपलान्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुम पुर्वका महेश केसी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट रौतहटका फणिदेव महत, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट काभ्रेपलाञ्चोक काजल तामाङ र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट रामेछापकी यसिमा महत रहेका छन् ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले केन्द्र सहित सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूमा विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने भएको प्रेस चौतारीका महासचिव हिरामान लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल