बन्दिपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ २५

तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर बुधबार वडा नम्बर २ को घनटारमा सम्पन्न भएको छ ।

बन्दीपुर गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखाको वार्षिक कार्यक्रम अनुसार सो पशु स्वास्थ्य शिविर सञ्चालन भएको पशुपंक्षी तथा मत्स्य बिकास शाखा प्रमुख मधुबिलास न्यौपानेले बताए ।

शिविरमा बाख्रा, कुखरा, गाई, गोरु भैँसी पाडापाडी बंगुर हाँस बिरालो कुकुर समेत गरी १०१७ पशुपंक्षीको निःशुल्क उपचार गरिएको थियो ।

शिविरमा पशुपंक्षीको उपचार सेवा बन्ध्याकरण, प्रजनन समस्या सम्बन्धि समधान , कुकर र बिरालोको रेविज बिरुद्धको भ्याक्सिन प्रदान प्राबिधिक सल्लाह आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका औषधी बितरण र परामर्श दिईएको न्यौपानेले बताए ।

बन्दीपुर गाउापालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक बहादुर कुवंरको अध्यक्षता तथा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नम्बर ३ का वडाध्यक्ष परमेश्वर भट्टराई, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णु खत्री लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा पशुपंक्षी तथा मत्स्य बिकाश शाखा प्रमुख मधुबिलास न्यौपाने, पशु चिकित्सक डा. सफल पौडेल, कृषि शाखा प्रमुख शुभिका प्रधान लगायत सेवा केन्द्र तथा सम्पर्क कार्यलयका प्राबिधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती