स्थानीय तहमा पशुमा पुर्ण खोप सम्बन्धी अभिमुखीकरण देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ २४

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सम्बन्धी अभिमुखीकरण बुधबार देवघाट गाउँपालिकामा सम्पन्न भएको छ ।

उक्त कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सन्चालनका लागि उक्त अभिमुखीकरण आयोजना गरिएको थियो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख डा.राजेश कुमार चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर १ का वडाध्यक्ष मनिराज गुरुङ, कार्यालयका पशु चिकित्सक डा.रोशन ज्ञवाली, पशु विकास अधिकृत मनिषा बगाले लगायतले पशुमा पुर्ण खोप सम्बन्धी विषयमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.राजेश कुमार चौधरीले घर पालुवा पशुहरुलाई संक्रामक महामारी रोगहरुबाट बचाई पशु धनको सुरक्षा गर्न तथा रोगको रोकथामको विधि र रोगहरुको नियन्त्रण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागी यो कार्यक्रमले टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को