स्थानीय तहमा पशुमा पुर्ण खोप सम्बन्धी अभिमुखीकरण देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ २४

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सम्बन्धी अभिमुखीकरण बुधबार देवघाट गाउँपालिकामा सम्पन्न भएको छ ।

उक्त कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सन्चालनका लागि उक्त अभिमुखीकरण आयोजना गरिएको थियो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख डा.राजेश कुमार चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर १ का वडाध्यक्ष मनिराज गुरुङ, कार्यालयका पशु चिकित्सक डा.रोशन ज्ञवाली, पशु विकास अधिकृत मनिषा बगाले लगायतले पशुमा पुर्ण खोप सम्बन्धी विषयमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.राजेश कुमार चौधरीले घर पालुवा पशुहरुलाई संक्रामक महामारी रोगहरुबाट बचाई पशु धनको सुरक्षा गर्न तथा रोगको रोकथामको विधि र रोगहरुको नियन्त्रण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागी यो कार्यक्रमले टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त