भानुभक्त साहित्य उद्यान निर्माणका लागि ५ करोड बजेट विनियोजन

Devghat Online

शेयर गरौ

दमौली, माघ २५

भानुभक्त साहित्य उद्यान निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको छ । तनहुँको भानु नपा–४ को चुँदीरम्घामा जन्मनु भएका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक हिसाबले बिकास गरि साहित्य पर्यटनमा जोड दिने उदेश्यले साहित्य उद्यान निर्माण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भानुु साहित्य उद्यान निर्माण गर्न लागिएको हो ।

अर्थ मन्त्रालयले ससर्त पुँजीगत अनुदान शीर्षकमा ५ करोड नगरपालिकामा प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । साथै उनले जग्गा अधिकरण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाहरुको शालिक निर्माण लगाएतका काम गरिने बताए ।

भानु नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार त्यसकोलागि सवैभन्दा पहिले जग्गा अधिकरणको काम हुने हुनेछ भने छिटो भन्दा छिटो गुरुयोजना निर्माण गरिने र सोहि अनुसार काम अगाडि बढाईनेछ । साथै कार्पालिकाको बैठकमा यस विषयमा व्यापक छलफल गरि असार अगाबै काम सम्पन्न गरिने त्रिपाठीले बताए ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष रहेको उप–प्रमुख उमा गोतामेले बताइन् । उक्त उद्यानका लागि ८६ रोपनी जग्गा अधिकरण गर्ने काम केही वर्ष अघि नै सकिएको र हाल करिब ३ सय ६४ रोपनी जग्गाको अधिकरणको प्रकृया शुरु भैसकेकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को