घिरिङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २२१ जनाको स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ २७

घिरिङ गाउँपालिकाको आयोजनामा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । उक्त शिविरमा महिला १२८ जना र पुरुष ९३ जनाले सेवा लिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा भएको उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग सम्बन्धिका विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य परिक्षण भएको थियो । शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. जिज्ञासु प्रधान, बालरोग विशेषज्ञ डा. सन्देश कार्की, जनरल फिजिसियन डा. रन्जना थकाली, स्त्रीरोग विशेषज्ञ डा.कन्चन गुरुङ लगायत १६ जना चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

वडा नम्बर ५ स्थित सरस्वती माविको प्राङ्गणमा विहान १० देखी आयोजित सो शिविरमा सामान्य उपचार तर्फ ८८ जना, हाडजोर्नी सम्बन्धि ६५ जना, स्त्रीरोग सम्बन्धी ५५ जना, बालरोग सम्बन्धी १३ जना, इसिजी ४० जना र प्रयोगशाला परिक्षण ६१ जनाको भएको रिमालले बताए ।

शिविरको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरे । सो कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, वडा नम्बर ५ का अध्यक्ष विष्णुविर आले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक