दमौली बजारको घर फागुन १ गतेदेखी भत्काईने

Devghat Online

शेयर गरौ

दमौली, माघ २८

पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत दमौली बजार खन्डमा पर्ने संरचनाहरु यही फागुन १ गतेबाट भत्काईने भएको छ । व्यास नपा वडा नम्बर २ को कार्यालयमा आईतबार भएको छलफलमा पृथ्वीराजमार्ग अन्तर्गत पर्ने संरचनाहरु फागुन १ गते भत्काईने सहमती भएको वडा नम्बर २ का वडा सदस्य शुरेश वाग्लेले जानकारी दिए ।

दमौली बजारको बुल्दी खोला पुलदेखी मादपुल सम्मको क्षेत्रमा ४६ मिटरको सडक बन्नेछ । उक्त खन्डमा सडकको केन्द्र बिन्दुदेखी दायाँ वायाँ २३÷२३ मिटरको दुई तर्फी सडक बन्ने छ ।
उक्त सडक निर्माणकोलागि दमौली बजार क्षेत्रमा ७४ वटा संरचना भत्काउनु पर्ने सडक विस्तार आयोजनाले जानकारी दिएको छ । सडक सिमा भित्र पर्ने ४५ वटा संरचनाका धनीले पहिलो किस्ताको मुआब्जा रकम बुझिसकेका छन् ।

आईतबार भएको सो अनौपचारिक बैठकमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले फागुन १ गते आफ्नो घर भत्काउने प्रतिबद्धता जनाएको वडा सदस्य वाग्लेले जानकारी दिए । अध्यक्ष मिश्रको घरबाट पश्चिम तर्फको संरचनाहरु फागुन १ गतेबाट भत्काउन सुरु गरिने वाग्लेले बताए ।

व्यास नगरपालिकाको केही दिनअघि बसेको कार्यपालिकाको बैठकले सडक निर्माणमा सहजिकरणका लागि संरचना भत्काउन नगरवासीलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सडक क्षेत्रमा पर्ने आफ्ना निजी संरचनाहरु पनि तोकिएको मापदण्ड अनुसार हटाई निर्माण कार्यमा सहयोग गरिदिनुहुन नगरपालिकाले सबै घरधनीलाई अनुरोध गरेको थियो ।

मुग्लिन पोखरा सडक निर्माण आयोजना पुर्वी खन्डले आगामी बैशाख मसान्तसम्ममा दमौलीसम्म एकातर्फी कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ । २०८१ बैशाख सम्म निर्माण समयअवधि रहेको उक्त खण्डले निर्धारित समयभित्र दमौलीसम्म एकातर्फी कालोपत्र गरिसक्ने लक्ष्य लिएको भएपनि दमौलीको बुल्दी खोलाको पुलदेखी मादीको पुलसम्मको खन्डमा सडक सिमामा रहेका भौतिक संरचना नहटाउँदा बैशाखसम्म दमौलीमा कालोपत्र गरिसक्ने योजनामा भने धक्का लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल