गार्गी कन्या गुरुकुलको सहयोगार्थ सञ्चालन गर्ने महायज्ञको तयारी अन्तिम चरणमा, मंगलबार राष्ट्रपतिले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, माघ २९

चितवनको भरतपुर महानगरपालिका-१ देवघाटधाममा सन्चालित नेपालको पहिलो समावेशी गुरुकुल गार्गी कन्या गुरुकुलको आयोजनामा हुन लागेको पहिलो महायज्ञको तयार पुरा भएको छ ।

फागुन १ देखि शुरु हुने सप्ताह ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजकले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरि जनाएको छ । महायज्ञको तयारी अन्तिम चरणमा रहेको आयोजले जानकारी दिएको हो ।

दाताहरुको सहयोगबाट गुरुकुल सञ्चालनमा रहेतापनि दीगो आर्थिक स्रोतका जुटाउन अक्षयकोष स्थापनाको लागि महायज्ञको आयोजना गरिएको गुरुकुलका संरक्षक डा.गुरु प्रसाद सुवेदीले बताए । उनले भने , ‘संस्कृत भाषा संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, अहिले आर्थिक स्रोत बलियो नहुँदा गुरुकुल चलाउन गाह्रो भइरहेको छ । अक्षकोष स्थापनाको लागि हामीले महायज्ञको आयोजना गरिएको हो ।’

नौ दिन सम्म चल्ने महायज्ञम करिब ३ करोड अक्षककोषमा संकलन हुने अपेक्षा गरिएको छ । निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत गार्गी कन्या गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको हो ।

महायज्ञको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञको प्रमुख बाचकको रुपमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदी रहेका छन् । साथै गुरुकुलका बालिकाहरुको शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधनको प्रस्तुती रहनेछ ।

काठमाडौं वनकाली स्थित सुमार्गी भवनमा हुने महायज्ञमा सहयोगको लागि आयोजकले सबैसँग अपिल समेत गरेको छ । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुल समायोजन गरी हाल सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को