व्यास १४ को वडा कार्यालयमा मगर लिपिको बोर्ड

Devghat Online

शेयर गरौ

दमौली, माघ २८

ब्यास नपा–१४ को नवनिर्मित भवनको बोर्डमा मगर लिपिले लेखिएको छ । हालै निर्माण सम्पन्न भएको उक्त वडाको भवन आगामी फागुन २ गते उद्घाटन हुने भएको छ ।

साविक केशवटार हाल व्यास नपा वडा नम्बर १४ मा बहुसंख्यक मगजातीका बासिन्दा बसोबास गर्छन् । वडा सदस्य दुर्गाबहादुर आलेका अनुसार उक्त वडाका नागरिक मध्ये करिब ९२ प्रतिशत मगरहरू रहेका छन् ।

मगरजाती र मगरभाषीको सम्मान र उनीहरुको पहिचानका लागि वडा कार्यालयको बोर्डमा मगर भाषाको लिपी सहितको भित्ते लेखन गरिएको वडा अध्यक्ष काजिमान श्रेष्ठले बताए । स्थानीय भाषाको लिपिमा बोर्ड लेखिएको व्यास नपा १४ तनहुँको पहिलो वडा हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि