आबुँखैरेनीले दियो जनयुद्ध दिवसमा स्थानीय बिदा

Devghat Online

शेयर गरौ

दमौली, माघ २९

तनहुँको आबुँखैरेनी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आज स्थानीय बिदा दिएको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको अवसरमा आज फागुन १ गते स्थानीय बिदा दिईएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जारी गरेको सुचनामा उल्लेख छ ।

जनयुद्ध दिवसको अवसरमा आबुँखैरेनी गाउँपालिका कार्यालय, अन्तर्गतका सम्पुर्ण कार्यालयहरु, सामुदायिक एवं नीजि शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्था (आकस्मिक बाहेक), वित्तिय तथा अन्य संघ संस्थहरुमा स्थानीय बिदा दिईएको सुचनामा उल्लेख छ ।

माओवादी केन्द्रले जितेको आबुँखैरेनी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा बिदा दिएपनि काँग्रेस र एमालेले जितेका तनहुँका अन्य स्थानीय तहले भने यो दिवसमा बिदा दिएका छैनन् ।

सरकारले यसअघि ‘जनयुद्ध’ सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गृह मन्त्रालयले समेत सोमबार सूचना प्रकाशित गर्दै फागुन १ गते कुनै बिदा नभएको प्रस्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि