जन्मदिनमा अधिकारीले गरे भर्जन कालिका मन्दिरलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

देबघाट गाउँपालिका–५ गौरीटार निवासी अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा भर्जन कालिका मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।

अधिकारीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा उक्त मन्दिरको निर्माणकोलागि १५ हजार ६ सय ७८ रुपैयाँ सहयोग गरेको मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिए ।

नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य समेत रहेका अधिकारी विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी देवघाट–५ मा रहेको देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।

‘देवघाट–५ निवासी सामाजिक व्यक्तित्व देबघाटवासी सबैको आसा, भोरोसा बोक्नु भएका, समाज रुपान्तरणमा लागिरहनु भएका एक सफल व्यावसायी अर्जुनप्रसाद अधिकारी आफ्नो जन्मदिनको सुखद उपलक्ष्यमा भर्जन कालिका मन्दिरको १५ हजार ६सय ७८ रुपैयाँ सहयोग गर्नु भएकोमा मन्दिर निर्माण समिती धन्यवाद दिन चाहान्छौ, साथै जन्मदिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना समेत ब्यक्त गर्दछौ ।’ अध्यक्ष न्यौपानेले भनेका छन् ।

देवघाट गाउँपालिका–५ मा निर्माणाधिन भर्जन कालिका मन्दिरकोलागि सहयोग जुट्ने क्रम जारी रहेको न्यौपानेले बताए । ११ हजार रुपैयाँ भन्दा धेरै सहयोग दिने दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल