जन्मदिनमा अधिकारीले गरे भर्जन कालिका मन्दिरलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

देबघाट गाउँपालिका–५ गौरीटार निवासी अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा भर्जन कालिका मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।

अधिकारीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा उक्त मन्दिरको निर्माणकोलागि १५ हजार ६ सय ७८ रुपैयाँ सहयोग गरेको मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिए ।

नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य समेत रहेका अधिकारी विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी देवघाट–५ मा रहेको देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।

‘देवघाट–५ निवासी सामाजिक व्यक्तित्व देबघाटवासी सबैको आसा, भोरोसा बोक्नु भएका, समाज रुपान्तरणमा लागिरहनु भएका एक सफल व्यावसायी अर्जुनप्रसाद अधिकारी आफ्नो जन्मदिनको सुखद उपलक्ष्यमा भर्जन कालिका मन्दिरको १५ हजार ६सय ७८ रुपैयाँ सहयोग गर्नु भएकोमा मन्दिर निर्माण समिती धन्यवाद दिन चाहान्छौ, साथै जन्मदिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना समेत ब्यक्त गर्दछौ ।’ अध्यक्ष न्यौपानेले भनेका छन् ।

देवघाट गाउँपालिका–५ मा निर्माणाधिन भर्जन कालिका मन्दिरकोलागि सहयोग जुट्ने क्रम जारी रहेको न्यौपानेले बताए । ११ हजार रुपैयाँ भन्दा धेरै सहयोग दिने दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक