कालिका मावि देवघाट र बालकुमारी कलेज नारयणगढ विच भगिनी सम्बन्ध स्थापित

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

देवघाट गाउँपालिका–५ क्युदी स्थित कालिका माध्यमिक विद्यालय र नारायणगढ चितवनमा रहेको बालकुमारी कलेज बीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

बालकुमारी कलेजका तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठ, क्याम्पस प्रमुख जगदीश्वर खनाल, सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गाना तथा कालिका माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठ, प्रधानाध्यापक इन्द्रदेव तिवारी र सहायक प्रधानाध्यापक युवराज साँखी लगायतको संयुक्त उपस्थितिमा उक्त सोमबार सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भयो ।

बालकुमारी कलेज र कालिका मावि बीच सांस्कृतिक, शैक्षिक, भौतिक र आर्थिक सहयोग र समन्वय हुनेगरी उक्त भगिनी सम्बन्ध स्थापना गरिएको हो । कालिका माध्यमिक विद्यालय र बालकुमारी कलेज बीच पुरानो समयदेखि विद्यार्थी आदान प्रदानको सम्बन्ध भएतापनि त्यही सम्बन्धलाई औपचारिक रुप दिनको लागि भगिनी सम्बन्ध कायम गरिएको जानकारी कालिका माध्यमिक विद्यालयका फाइनन्स कन्ट्रोलर प्रशन्न ढकालले दिए ।

भगिनी सम्बन्ध कायम भएसँगै कालिका माध्यमिक विद्यालयमा आएर बालकुमारी कलेजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छ । हाललाई भगिनी सम्बन्धको सम्झौता पाँच वर्षलाई भएको र प्रत्येक वर्ष परिमार्जन गरिनुपर्ने कुराहरू भएमा त्यसलाई परिमार्जन गर्दै लैजाने गरी सहमति भएको जानकारी कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठले दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक