आदिकवि-छाब्दी मिनि म्यारथनमा साजन प्रथम

Devghat Online

शेयर गरौ

दमौली, फागुन १

आदिकवि भानुभक्त बहुमुखी क्याम्पसद्वारा आयोजित आदिकवि क्याम्पस-छाब्दी बाराही मिनि म्याराथनमा साजन थापा प्रथम भएका छन् ।

आदिकवि भानुभक्त क्याम्पसको खेल सप्ताहको अवसरमा आयोजित उक्त प्रतियोगितामा अमृत विक द्वितीय र नरबहादुर गुरुङ तृतीय भएका थिए । उक्त प्रतियोगितामा छाब्दी वाराही विकास कोष एवं सहआयोजक वाराही रजवाम युवा क्लव रहेका थिए ।

उक्त म्याराथन प्रतियोगितामा महिला र पुरुष गरि २ सय जनाको रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
प्रतियोगितामा बिजयीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो प्रतियोगिताको गन्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक