नेकपा एकिकृत समाजबादीका नेता श्रेष्ठद्वय एमालेमा फर्किए

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १

नेकपा एकिकृत समाजबादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारयण श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् ।

मंगलबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंकर पोख्रेल लगायतका नेताहरुले श्रेष्ठद्वयलाई एमालेमा स्वागत गरेका थिए ।


तनहुँमा राजनीतिक कर्मथलो भएका नेता श्रेष्ठद्वय एमालेमा फर्किएपछि नेकपा एकिकृत समाजबादी तनहुँमा नाम मात्रैको भएको छ । श्रेष्ठद्वयको घर फिर्तीपछि अव तनहुँको एकिकृत समाजबादीलाई नै एमालेमा समाहित गरिने एक नेताले बताए ।

एमालेमा प्रतापलाल नेकपा एकिकृत समाजबादीका गन्डकी प्रदेश कमिटिका सचिव समेत हुन् । सो अवसरमा बोल्दै पोलिट्व्युरो सदस्य श्रेष्ठले अब पनि नेकपा एकिकृत समाजबादीमा रहनु भनेको बालुवामा पानी खन्याए झैं कुनै अर्थ नरहने बताए । एमाले अध्यक्ष केपी ओलीकै कारण आज कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर आफुलाई चिनाउन पाउँदा गर्व लाग्ने श्रेष्ठले बताए ।

नेता शंकरनारयण श्रेष्ठले अव तनहुँमा नेकपा एमालेलाई सबैभन्दा ठुलो र बलियो पार्टी बनाउने बताए । अव जिल्लामा फर्किएपछि नेकपा एकिकृत समाजबादीको जिल्ला कमिटिलाई नेकपा एमालेमा समाहित गराउने श्रेष्ठले बताए ।
केही महिना अघि नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको नेतृत्वमा केही नेताहरु एमालेमा फर्किएका थिए ।

सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर फर्कने सबै नेता कार्यकर्तालाई पार्टीले उचित जिम्मेबारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु