गन्डकी सरकारका पुर्व अर्थमन्त्री गुरुङको देन, ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र सुरु

Devghat Online

शेयर गरौ

दमौली, फागुन ४

ट्रयाक खुलेको २९ वर्षपछि तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र सुरु गरिएको छ ।

सो सडक कालोपत्रकोलागि १५ दिन अवरुद्ध हुने भएको छ । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ । सडक कालोपत्र गर्नको लागि आगामी फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हुँदा सो सडक बन्द गरिने कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा रहेको यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयले जनाएको छ । सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सडक २०५१ सालमै ट्रयाक खुलेपनि नियमित सवारी सन्चालन हुन सकेको थिएन । गन्डकी प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला मन्त्री किरण गुरुङले सो सडक स्तरोन्नती गरि कालोपत्र गर्न भौतिक पुर्वाधार मन्त्रालय मार्फत २०७६ को बजेटमा ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँसम्मको ११ किलोमिटर खन्ड कालोपत्रको लागि २२ करोड ८५ लाख लागत अनुमान भएपनि टेन्डर प्रक्रिया मार्फत सपना निर्माण सेवा हेटौंडासँग १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँमा २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो ।

अहिले पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँसम्मको उक्त ११ किलोमिटर खन्डमा कालोपत्र गर्न लागिएको पुर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए ।

तत्कालिन अर्थमन्त्री किरण गुरुङले मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी (हिमाल र तराई) जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकलाई गन्डकी प्रदेश सरकारको गौरबको रुपमा छनौट गरि ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए । यसविचमा कोरानो महामारी लगायत विभिन्न कारणले कालोपत्र गर्न ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने