दमौली, फागुन ७
तनहुँको म्याग्दे गाउँपालिकाले स्थानिय आर्थिक विकास गर्न नबप्रवद्र्धन युवा व्यवसायी सम्मेलन २०८० आयोजना गर्ने भएको छ । युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो ।
म्याग्दे गाउँपालिका भित्र रहेका, उद्योगी, व्यवसायी, सिप मार्फत व्यवसाय गर्न उत्प्रेरित व्याक्ति तथा लगानी गर्न ईच्छुक व्यक्तिलाई आह्रवान गरि फागुनको अन्तिम सातासम्म सम्मेलन आयोजना गर्ने तयारी गरेका छौ प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
नबप्रवद्धनमा आधारित स्थानिय आर्थिक विकास कार्यक्रम अन्तर्गगत युवाहरुको चाहना र लक्ष्यलाई पुरा गर्ने मुख्य उदेश्य सम्मेलनको रहेको उनले जानकारी दिए । आईतवार बसेको गाउँ कार्यपालिकाको वैठकले सम्मेलन गर्ने निर्णय गरेको थियो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेण्ठका अनुसार सम्मेलनवाट प्रतिस्पर्धि लाभको क्षेत्रको पहिचाहन स्वयं युवा व्यवयायिले गर्ने छन् । सम्मेलनवाट पहिचाहन भएपश्चात गाउँपालिकाले पहिलो पटक आयोजना गर्न लागेको नवप्रवद्र्धनमा आधारीत स्थानिय आर्थिक विकास कार्यक्रम प्रभाबकारी हुने विश्वास अध्यक्ष श्रेष्ठको छ । व्यवसाय गर्न ईच्छुक व्यक्ति वा समुहले प्रस्ताव पेश गरेपछि मात्र पालिकावाट सहयगोग गर्ने र व्यवसायलाई अगाडी बढाउने नयाँ कार्यक्रम हो ।
गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानिय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानिय उत्पादन, पुर्वाधार निर्माण, सिप बिकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण लगायतका विषय सम्मेलनमा छलफल हुने नवप्रवद्र्धन कार्यक्रमका फोकल पर्सन एंव अधिकृत सातौ प्रदीप न्यौपानेले जानकारी दिए ।
स्थानिय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्नु , स्थानिय क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आयमा बृद्धि गर्नु, उपलव्ध स्रोत साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानिय आर्थिक विकासमा पहिचाहन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको फोकल पर्सन न्यौपानेले बताए ।
नबप्रवद्र्धनमा आधारीत कार्यक्रमलाई पुर्ण रुपमा सफल बनाउन निजि क्षेत्र, स्थानिय शिक्षालय, गैर सरकारी संस्था, व्यावसायिक प्रतिष्ठित व्यक्ति, उद्योग वाणिज्य संघ बजार ईकाई , सहकारी, घरेलु महासंघ, पर्यटन व्यवसायी लगायतकाको सहभागिता सम्मेलन रहने छ । गाउँपालिकामा के कस्ता उद्योग, व्यवसाय, उत्पादन गर्न सकिने र त्यसवाट पालिकाको दिगो आर्थिक बिकाश हुने विश्वास गाउँपालिकाको रहेको छ ।
नवप्रवद्र्धनमा आधारित स्थानिय आर्थिक विकास कार्यक्रमवाट म्याग्दे गाउँपालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने छन् । उत्पादन र उत्पादकत्व बृद्धि गरि बेरोजगारी समस्या उद्यमशिलता मार्फत समधान हुने छ । स्थानिय स्तरमा हाटबजार निर्माण गर्ने, स्थानिय समानको बजारीकरण गर्ने, उत्कृष्ट उद्यमी सम्मान गर्ने, युवालाई व्यवसाय प्रति जागरुप बनाउने जस्ता कार्यहरु म्याग्दे गाउँपालिकाले बढाउने छ ।
प्रतिस्पर्धि लाभको क्षेत्रको पहिचाहन गरी कार्यक्रमहरु लक्षीत समुदायमा संचालन आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन गर्ने भएको छ ।