एमाले तनहुँको जिल्ला अधिवेशन बैशाख ७ र ८ गते हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन ७

नेकपा एमाले तनहुँको एघारौं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख ७ र ८ गते हुनेभएको छ । पार्टी कार्यालय दमौलीमा सोमबार बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशनको मिति तोकेको हो ।

बैठकले रिक्त रहेको जिल्ला कमिटी सदस्यमा सोमनाथ शर्मा, विष्णुमाया ढकाल, नारयण श्रेष्ठ, बाबुराम कार्की, शिवओम मल्ल, दिपक खाती, हरिकुमार कार्की, भरत केसीलाई मनोनीत गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटीका सचिव राजेश्वर ढकालले जानकारी दिए ।

जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, गन्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल