एमाले तनहुँको जिल्ला अधिवेशन बैशाख ७ र ८ गते हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन ७

नेकपा एमाले तनहुँको एघारौं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख ७ र ८ गते हुनेभएको छ । पार्टी कार्यालय दमौलीमा सोमबार बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशनको मिति तोकेको हो ।

बैठकले रिक्त रहेको जिल्ला कमिटी सदस्यमा सोमनाथ शर्मा, विष्णुमाया ढकाल, नारयण श्रेष्ठ, बाबुराम कार्की, शिवओम मल्ल, दिपक खाती, हरिकुमार कार्की, भरत केसीलाई मनोनीत गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटीका सचिव राजेश्वर ढकालले जानकारी दिए ।

जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, गन्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती