एमालेको सदस्यता चैत १५ भित्र नविकरण गरिसक्नु पर्ने

Devghat Online

शेयर गरौ

दमौली, फागुन १०

नेकपा एमालेको सदस्यता चैत १५ गते भित्र नविकरण गरिसक्नु पर्ने भएको छ । गत फागुन ७ गते सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्ला अधिवेशनकोलागि चैत १५ गते भित्र सदस्यता नविकरण गरिसक्नु पर्ने निर्णय गरेको हो ।

सदस्यता नविकरण र जिल्ला अधिवेशनको तयारीकोलागि सबै तहका कमिटिको बैठक फागुन १५ गते भित्र राख्ने एमालेले निर्णय गरेको छ । पार्टी सदस्यता विना जिल्ला अधिवेशन गर्न नपाईने र सदस्यता नविकरण नभएको पार्टी सदस्यले जिल्ला अधिवेशनमा भाग लिन नपाउने भएको कारण चैत १५ गते भित्र सदस्यता नविकरण गरिसक्नु पर्ने एमालेले निर्णय गरेको हो । एमाले तनहुँको दशौं जिल्ला अधिवेशन आगामी बैशाख ७ र ८ गते गर्ने जिल्ला कमिटिले निर्णय गरेको छ ।

बैठकले पार्टीको गन्डकी प्रदेश कमिटिको भवन निर्माणकोलागि प्रत्येक पार्टी सदस्यताकोलागि न्युनतम ५ सय र अधिकतम रकम संकलन गर्ने निर्णय पनि बैठकले गरेको जिल्ला सचिव राजेश्वर ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ