आबुँखैरेनी, फागुन ९
विहिबारबाट तनहुँको आबुँखैरेनीमा दोश्रो आबुँखैरेनी महोत्सव हुने भएको छ । पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव आयोजना गरिएको हो । तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरनी बजार इकाई समितिको आयोजनामा हुने सो महोत्सवको पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गर्ने भएका छन् ।
२०७१ सालमा प्रथम आँबूखैरेनी महोत्सव भएको थियो । त्यसयता बिभिन्न कारणले महोत्सवलाई निरन्तरता दिन नसकेको इकाइले करिव दश बर्ष पछि दोश्रो महोत्सव गर्न लागेको हो ।
‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवद्र्धन, स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा सांस्कृतिक प्रर्दशनी, धार्मिक एवम ऐतिहासिक स्थलको अवलोकन, कृषि तथा पशु फार्म अवलोकन, उद्योग तथा विद्युत उत्पादन केन्द्रको अध्ययन अवलोकन महोत्सवका मुख्य आकर्षण रहेको महोत्सव मुल समारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघ आबुँखैरेनी बजार इकाईका सभापती भगवान श्रेष्ठले जानकारी दिए ।
त्यस्तै महोत्सवको मुख्य आकर्षणमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्मको दुई दिने प्याकेज भ्रमणको व्यवस्था समेत रहेको छ । महोत्सवमा विभिन्न जातजातीहरूको संस्कृति, भेषभुषा, खानपानको प्रर्दशनीसँगै विविध लोक साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता समेत हुने बताइएको छ ।
‘यहाँ रहेका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरु जस्तै छिम्केश्वरी, ऑधिमूल र मस्र्याङ्दी जलाशयमा जलक्रीडा, ऐना पहरा आदिको व्यापक प्रचार प्रसार गरी आँबूखैरेनीको आर्थिक उन्नतिमा टेवा पु¥याउने लक्ष्य समेत लिएका छाँै’, इकाइका पुर्व अध्यक्ष कृष्णमान तामाङले भने । महोत्सवमा १ सय ७५ वटा स्टल रहने छन् । ७५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । माहेत्सवबाट ४१ लाख आम्दानी गर्ने लक्ष्य लिइएको छ ।