‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

चितवन, फागुन १३ ।

फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्सर उपचारमा अत्यावश्यक मानिएको किमो (क्यान्सर कोषलाई नष्ट गर्न प्रयो गरिने औषधि) लगायत विभिन्न छ सयभन्दा बढी औषधिसहित थप फार्मेसी सञ्चालनको तयारीमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेको छ । अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको  हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार हाल अस्पतालभित्र दुई ठाउँबाट फार्मेसी सेवा दिइँदै आइएको छ । उहाँले ‘डे केयर’ बिरामीका लागि थप फार्मेसी सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो । “डे केयरमा दैनिक किमोथेरापी गर्नका लागि मात्रै एक सयभन्दा बढी बिरामी आउनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुको उपचार सहज गर्नका लागि किमोथेरापी गर्ने स्थानमा नै फार्मेसी सञ्चालन गर्न सकियो भने बिरामीलाई थप सुविधा हुन्छ ।”

जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताउनुभयो । “अस्पतालको गुनासो पेटीकामा हेर्दैगर्दा बिरामीका विभिन्न समस्यामध्ये औषधि पाइएन भन्ने गुनासो धेरै थियो”, उहाँले भन्नुभयो, “सम्पूर्ण औषधिको खरिद सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी गरिसकेका छौँ । फार्मेसीमा औषधिको अभाव हुन दिएका छैनौँ ।” आवश्यक किमोथेरापीका सम्पूर्ण औषधि, जनरल औषधि, एन्टिबायोटिक, दुखाइ कम गर्ने र सर्जिकल सामग्रीसहितका करिब छ सय भन्दाबढी औषधि फार्मेसीमा हाल उपलब्ध रहेका रहेको पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा सर्जिकल अङकोलोजी, मेडिकल कङकोलोजी, रेडियसन अङकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस, इमेजिङ, न्युक्लियर मेडिसिन, एनेस्थेसियोलोजी, प्यालिएटिभलगायत सेवा उपलब्ध छन् । पेट सिटी स्क्यानसँगै साइक्लोटोन उत्पादन र बोनम्यारो प्रत्यारोपण परियोजना छिट्टै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता