एमाले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २०

नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपाने मनोनीत हुनुभएको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले आईतवार न्यौपानेलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम फागुन २१ गते सोमबारदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गर्नुभएको न्यौपानेले बताउनुभयो ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आईतवारबाट समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो ।

एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले