देवघाट अनलाईन
दलदले, २१ फागुन
कामना सेवा विकास बैंकले आमा समूहलाई वित्तिय साक्षरता र विद्यालयलाई डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले छुट्टाछुट्टै कार्यक्रम गर्दै वित्तिय साक्षरता र डस्बिन वितरण कार्यक्रम गरेको हो ।
वित्तीय पहुँचबाट बाहिर रहेका समुहलाई लक्षित गर्दै कामना सेवा बैंक दलदले शाखाद्वारा आईतबार वित्तिय साक्षरता कायक्रम सम्पन्न गरेको छ । सिर्जनसिल आमा समुह नवलपरासी (ब.सु.पु) का ४५ जना सहभागीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिईएको थियो ।
बैंकको दललेका शाखा प्रमुख चुडामणि ज्ञवालीले सहभागीहरुलाई बचत, कर्जा, रेमिटयान्स, डिजिटल बैकिङ, अतिरिक्त बैकिङ सेवाहरु, वित्तिय ठगी र वित्तिय अनुशासन सम्बन्धी बिषयवस्तुमा जानकारी दिएका थिए ।
मिलिजुली आधारभुत विद्यालयमा डस्टविन वितरण
कामना सेवा बैंक दलदले शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली–८ नवलपरासी(ब.सू.पू.) मा रहेको श्री मिलिजुली आधारभुत विद्यालयमा डस्टविन वितरण गरेको छ ।
कामना सेवा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । बैकले हाल देशभर १३५ वटा शाखा संञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत अत्याधुनिक बैकिङ सुविधा प्रदान गर्दे आईरहेको छ ।