व्यास–१३ मा सरसफाई केन्द्र राख्न नदिने स्थानीय बासिन्दाको निर्णय, नगरपालिका घेराउ गर्ने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २१

व्यास नगरपालिकाले फोहोर मैलाको स्थायी रुपमा व्यवस्थापन गर्न सरसफाई केन्द्र निर्माणकोलागि व्यास नपा–१३ को कटानछापमा जग्गा खरिद गर्ने निर्णय गरेसँगै स्थानीय बासिन्दाले चर्को विरोध गरेका छन् । आइतबार वडा कार्यालयमा गई बेलबास र कटानछाप लगायत प्रभावित क्षेत्रका बासिन्दाले उक्त स्थानमा सरसफाई केन्द्र खोल्न नदिने जनाएका हुन् ।

बेलबास निवासी मेघनाथ आचार्यले नगरपालिकाले स्थानीय प्रभावित बासिन्दाहरुसँग कुनै छलफल नै नगरि एक्कासी सरसफाई केन्द्र खोल्ने निर्णय कार्यपालिकाबाट गरेको आरोप लगाए । आचार्यले डम्पिङ साईट खोल्ने भनेको स्थान भन्दा केही तल गाउँ रहेको, खानेपानीको मुहान रहेको भन्दै कुनै पनि हालतमा उक्त स्थानमा डम्पिङ्ग साईट खोल्न नदिने बताए ।

स्थानीय बासिन्दाको अवरोध र प्रतिकारको विचमा नगरपालिकाले जबरजस्ती गरेमा ठुलो मुल्य चुकाउनु पर्ने बताए । यो विषयमा सबै राजनीतिक दलका स्थानीय कार्यकर्ताको समान धारणा रहेको भन्दै आचार्यले कुनै पनि हालतमा कटानछापमा सरसफाई केन्द्र खोल्न नदिने बताए । विगतमा पनि वडा नम्बर १३ कै सोंढेमा राजमार्ग किनारमै नगरपालिकाले फोहोर फाल्दै आएको र फेरी अहिले पनि वडा नम्बर १३ मै डम्पिङ्ग साईट खोल्न खोजेको भन्दै उनले नगरपालिकाले वडा नम्बर १३ लाई डम्पिङ्ग साईटको दृष्टिले मात्रै हेरेको बताए ।

उनले नगरपालिकाको उक्त निर्णय फिर्ता गराउन नगरपालिकाको स्थानीय प्रभावित बासिन्दाहरु नगरपालिकाको कार्यालय घेराउ गर्न जाने बताए । डम्पिङ्ग साईट बनाएछि उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास रोजगारीले प्राथमिकता पाउने भन्ने कुरा झुठा आश्वासन मात्र भएको भन्दै स्थानीय बासिन्दा आचार्यले अहिले स्थानिय बासिन्दालाई फकाएर डम्पिङ्ग साईट खोलेपछि पछि हटाउन नसकिने हुँदा अहिले सुरु मै खोल्न नदिन स्थानिय बासिन्दा लाग्नु पर्ने बताए ।

व्यास नगरपालिकाको सरसफाई केन्द्र व्यवस्थापन गर्न स्थायी समाधानकोलागि जग्गा खरिद प्रक्रिया अघि बढाउन गठित समितिको राय अनुसार व्यास नपा १३ मा जग्गा खरिद प्रक्रिया अगाडी बढाउने गत फागुन १५ गते बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो ।
वडा नम्बर २ का अध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा गठित समितिको राय अनुसार व्यास १३ मा जग्गा खरिद गर्ने नगरपालिकाले निर्णय गरेको थियो । फोहोर मैला व्यवस्थापनको दिर्घकालिन समाधानको कार्य नहुँदा व्यास नगरपालिका सँधै आलोचित हुने गरेको थियो ।

अहिले वडा नम्बर १३ मा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिद गर्ने नगरपालिकाको निर्णयको वडाबासीले विरोध जनाउन थालेका छन् । २०७९ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा नम्बर १३ को अध्यक्षका प्रत्यासी ललित पाण्डेले पनि व्यास नपाको उक्त निर्णयको विरोध गरेका छन् । पाण्डेले सामाजिक सन्जाल मार्फत नगरपालिकाको उक्त निर्णयको विरोध गरेका हुन् । ‘ब्यास १३ मा फोहरको भकारी भरिने भएछ १ मैले बुझिन की उनले बुझेनन् ।’ पाण्डेले सामाजिक सन्जाल मार्फत लेखेका छन् ‘केही वर्षअघिका जनप्रतिनिधिहरुले नगर अस्पताल निर्माण गर्ने जग्गा ब्यास १३ मा छ भन्न समेत आँट गरेनन् आज फोहर थुपार्न किन हतार गर्दैछन् बुझ्न आबश्यक छ । पूर्णिमाको रात देखाएर अँधेरीमा टाउको ठोकेको देख्न नपरोस् ।’

यता व्यास १३ का युवा अभियन्ता इश्वरराज पन्थले भने व्यास नपाले फोहोर व्यवस्थापनकोलागि नगरपालिकाले आफ्नो कम्पनीको जग्गा अधिग्रहण गर्ने निर्णय गरेपनि केही व्यक्तिले आफुसँग कमिसन मागेको र कमिसन नपाउने भएपछि विरोध गर्न थालेको आरोप लगाएका छन् । पन्थले सामाजिक सन्जाल मार्फत लेखेका छन्–‘केही दिनअघि व्यास नगरपालिकाले व्यास १३ मा सरसफाई केन्द्र स्थापना गर्नका लागि मेरो कम्पनीको स्वामित्वको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउने निर्णय गर्यो । अनि समाजका कोही व्यक्तिबाट पैसाको बार्गेनिङ सुरु भयो । फुटेको कौडी नपाउने जवाफ पाएपछि काम हुन नदिने भनी मलाई धम्क्याउन सुरु भयो । अनि बिचरा सोझा मान्छे उचाल्न सुरु भयो । अझै केही दिन नाङ्गो नाच हेरौं, अनि त्यसपछि अडियो भिडियो हेरौँला । त्यो बेला कसैलाई पनि आत्मग्लानी नहोस् । तसर्थ आफ्नो कान छामौँ, कागको पछाडि नदौडौँ । विकासमा दलाली नगरौं, दलालीको पछि नकुदौँ । अन्यथा भिरबाट लड्न लागेको गाईलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न । विकासमा सकारात्मक खबरदारी गरौं । केही समय अगाडि आफ्नै गाउँको अलपत्र मोटर मार्गको सन्दर्भमा राष्ट्रपति÷मुख्यमन्त्रीलाई सकारात्मक दबाब दिने आन्दोलनमा जाने बेलामा को–को उपस्थित हुनुहुन्थ्यो ?’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक