तीन मन्त्रीको शपथ साँझ पाँच बजे, राष्ट्रपतीलाई जानकारी गराईयो

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २१

नयाँ बनेको सत्ता समीकरणमा तीनवटा पार्टीबाट एक एक जना मन्त्री बन्ने भएका छन् ।

पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘प्रधानमन्त्री दहालले यस बरेमा राष्ट्रपतिलाई भेटेर जानकारी गराईसकेका छन् । आज एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले मन्त्रीले शपथ लिनुहुन्छ’, आचार्यले भने, ‘उहाँहरूको मन्त्रालय तोकिएको छैन । नेताहरूले टुंग्याउँदै हुनुहुन्छ ।’

कुन दलबाट कुन मन्त्रालय लिने भन्ने टुंगो एमालेका विष्णु पौडेल, माओवादीका वर्षमान पुन र रास्वपाका रवि लामिछानेसहित नेताले टुंग्याउने उनले जानकारी दिए ।

आचार्यका अनुसार गठबन्धनका नयाँ दलको आन्तरिक छलफलपछि मन्त्रीहरूको थप टुंगो लाग्ने छ ।

यसको लागि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालले सोमबार काँग्रेससँगको सत्तागठबन्धन तोडेर नेकपा एमाले र रास्वपा सहितको गठबन्धन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो