पद बहालीपछि न्यौपानेले भनिन्– जनसरोकारका मुद्धामा प्रभावकारी भुमिका खेल्छु

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २२

नेकपा (एमाले) राष्ट्रियसभा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेको पदबहाली भएको छ । न्यौपानेले सोमबार प्रमुख सचेतकको कार्यकक्षमा पदभार ग्रहण गरेकी थिइन् ।

नेकपा एमाले संघीय संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार न्यौपानेलाई राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेबारी दिएका थिए । न्यौपानेलाई पदभार ग्रहण कार्यक्रममा राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल, निवर्तमान प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ लगायतका सांसदहरुले बधाई दिएका थिए ।

प्रमुख सचेतकको जिम्मेबारी ग्रहण पछि न्यौपानेले आफुलाई विश्वास गरि जिम्मेवारी प्रदान गर्नुभएकोमा पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली एवम् पार्टीप्रति हार्दिक आभार गर्दै राष्ट्रियसभामा विधी निर्माणका सन्दर्भमा खेल्ने भुमिका र गर्ने योगदानका बारेमा साथ दिनुहुने, सल्लाह, सुझाव दिंदै सहयोग गर्नुहुने सबै अग्रज र बिदाइ भएर जानुहुने माननीय ज्युहरु सहित सम्पूर्ण माननीय ज्युहरुमा हृदय देखि नै सम्मान व्यक्त गर्ने बताएकी छिन् ।

न्यौपानेले पार्टीको मार्गदर्शन र आपसी सहकार्यमा राष्ट्रियसभामा देश र जनताको हितमा विधि निर्माण गर्ने र जनसरोकारका मुद्धामा प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अमेरिकामा १३२ वर्षपछि इतिहास दोहो¥याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

कार्तिक २१ अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि

व्यास जन्मभुमीको प्रचारकोलागि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ आयोजना

दमौली, कार्तिक २१ व्यास जन्मभुमि दमौली स्थित व्यास अन्न क्षेत्रमा हिन्दु महामिलन पर्व एवं ज्ञान