माधव नेपाललाई फकाउन प्रचण्ड र ओली उनकै निवासमा

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २२

सत्ता समीकरणका सहज बहुमतको प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवास पुगेका छन् ।

सोमवार मात्रै फेरिएको सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन लगातार दोस्रो दिन पनि प्रचण्ड नेपाल निवासमा पुगेका हुन् । मंगलवार उनलाई एमाले अध्यक्ष ओलीले पनि साथ दिएका छन् ।

प्रचण्डले सोमवार पनि नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले गठबन्धन टुटाउनेदेखि नयाँ बनाउनेसम्मको प्रक्रियामा सहभागी नगराएको भन्दै असन्तुष्टि पोखेका थिए । अघिल्लो दिन प्रचण्ड जानुपूर्व एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए ।

तर नेपालले आफूलाई उपेक्षा गरेको असन्तुष्टि जनाएपछि प्रचण्ड दोस्रो दिन पनि भेट्न ओलीसहित पुगेका हुन् । बालुवाटारमा चलिरहेको सत्ता गठबन्धन बैठकको बीचमै प्रचण्ड र ओली नेपाल निवास पुगेका हुन् ।

मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल नेपाल निवास पुगेका छन् ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालसहितका नेता सहभागी छन् ।

प्रतिनिधिसभामा एकीकृत समाजवादीसँग १० सिट छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो