माधव नेपाललाई फकाउन प्रचण्ड र ओली उनकै निवासमा

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २२

सत्ता समीकरणका सहज बहुमतको प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवास पुगेका छन् ।

सोमवार मात्रै फेरिएको सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन लगातार दोस्रो दिन पनि प्रचण्ड नेपाल निवासमा पुगेका हुन् । मंगलवार उनलाई एमाले अध्यक्ष ओलीले पनि साथ दिएका छन् ।

प्रचण्डले सोमवार पनि नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले गठबन्धन टुटाउनेदेखि नयाँ बनाउनेसम्मको प्रक्रियामा सहभागी नगराएको भन्दै असन्तुष्टि पोखेका थिए । अघिल्लो दिन प्रचण्ड जानुपूर्व एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए ।

तर नेपालले आफूलाई उपेक्षा गरेको असन्तुष्टि जनाएपछि प्रचण्ड दोस्रो दिन पनि भेट्न ओलीसहित पुगेका हुन् । बालुवाटारमा चलिरहेको सत्ता गठबन्धन बैठकको बीचमै प्रचण्ड र ओली नेपाल निवास पुगेका हुन् ।

मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल नेपाल निवास पुगेका छन् ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालसहितका नेता सहभागी छन् ।

प्रतिनिधिसभामा एकीकृत समाजवादीसँग १० सिट छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त