दमौली संगम क्लवमा बलजफ्तीः ‘भवन कब्जा गर्ने नियतले अबैधानिक काम’

Devghat Online

शेयर गरौ

दमौली, फागुन २३

व्यास नपा–२ स्थित दमौली संगम क्लवको भवन कब्जा गर्ने नियतले एक समुहले बलजफ्ती गरेको क्लवका अध्यक्ष नरेन्द्रराज वाग्लेले आरोप लगाएका छन् । असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा प्रशासनले तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेको नेतृत्वमा गरेको छानविनमा आफ्नो नेतृत्व नै बैध भएको, कुनै आर्थिक हिनामिना नभएको ठहर गरेको वाग्लेले बताए

२०७८ सालमा जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा छानविन पश्चात प्रशासनले २०७९ असोज ३१ वाग्लेलाई बैधानिकता दिने निर्णय दिएको थियो । त्यसपछि असन्तुष्ट समुहले क्लवको कार्यालयमा लगाएको ताला खुलाएको थियो ।

पछि छविलाल रिजाल प्रमुख जिल्ला अधिकारी भएर आएपछि सोही असन्तुष्ट समुहले कार्यालयमा ताला लगाई पुनः प्रशासनमा निबेदन दिएकोमा प्रशसासनले छानविन गरि आफ्नो राय दिएको थियो । सो क्रममा प्रशासनले असन्तुष्ट पक्षले लगाएको ताला खोल्ने, क्लले मापदण्ड पुर्याई सदस्यता वितरण गर्ने, प्रक्रिया पुर्याएर साधारणसभा गर्ने, लेखापरिक्षण प्रतिबेदन राष्ट्रिय पत्रिकामा प्रकाशित गर्ने लगायतका निर्देशन दिएकोमा ताला खुलेपछि समितिले लेखा परिक्षण प्रतिबेदन राष्ट्रिय पत्रिकामा प्रकाशित गरेको वाग्लेले बताए । तर फेरी सोही समुहले कार्यालयमा आएर गैरकानुनी रुपमा ताला लगाएको वाग्लेले बताए ।

जिल्ला प्रशासनको निर्देशन अनुसार नै आफुहरुले गत फागुन १९ गते स्थानी पत्रिका सुचना प्रकाशित गरि प्रक्रिया पु¥याएर साधारण सभा आयोजना गरेको वाग्लेले बताए । साथै सोही साधारणसभाले क्लवले जिल्लाका १० वटै स्थानाीय तहमा क्लवको शाखा विस्तार गर्ने र ३० वर्ष मुनीका युवाहरुलाई क्लवको सदस्यता दिने निर्णय गरेको वाग्लेले जानकारी दिए ।

क्लवको वार्षिका साधारणसभा गत शनिबार व्यास नपा–५ स्थित मानुङकोट रिर्साेटको सभाकक्षमा सम्पन्न भयो । क्लवका संरक्षक एवं अध्ष्क्ष नरेन्द्रराज वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको व्यास नपा वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गरेका थिए ।

उक्त साधारणसभा रोक्न असन्तुष्ट समुहले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएकोमा प्रशासनले उनीहरुले माग गरे अनुसारको आदेश नदिएपछि संमग क्लव दमौलीको नाममा अर्काको भवनमा अबैधानिक रुपमा भेला गरेको वाग्लेले आरोप लगाए । क्लवको आधिकारिक नाम दमौली संगम क्लव भएपनि अर्काे पक्षले भने संगम क्लव दमौलीको नाममा अधिवेशन गरेको वाग्लेले बताए ।

आफुहरुले जिल्लाका १७ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा १ लाख ५ हजारको दरमा छात्रबृत्तिको अक्षयकोष स्थापना गरेपछि सोही पैसामा र्याल चुहाएर अर्काे पक्षले कानुन विपरितको कार्य गरिरहेको उनले आरोप लगाए । व्यास नपा–२ को सफासडकमा मासिक करिब १ लाख रुपैयाँ भाडा आउने उक्त भवन कब्जा गर्ने नियतले केही व्यक्तिहरुले राज्यको कानुनद्वारा स्थापित बैधानिक संस्थामा हस्तक्षेप गरेको वाग्लेले आरोप लगाए ।

यस्तो अबैधानिक काममा व्यास नपा २ का वडा सदस्य शुरेश वाग्ले प्रमुख अतिथी बनेको र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी तथा रास्वपाको नाममा केही नेताहरु पनि सहभागी भएको भन्दै वाग्लेले अबैध संस्कृतीलाई लोकतान्त्रिक पार्टीका नेताहरुले बैधानिकता दिन खोजेको आरोप लगाए । नेपाली काँग्रेसका एक जिल्ला नेताले भने उक्त भेलामा पार्टीको तर्फबाट कोही पनि नगएको र जुन व्यक्ति गएको छ, उसको व्यक्तिगत प्रतितिधित्व भएको बताए ।

क्लवको गत शनिबार आयोजित साधारणसभामा क्लवकी सचिव गिता हमालले क्लवको वार्षिक प्रतिबेदन र प्रगति विवरण प्रस्तुत गरेकी थिईन् भने कोषाध्यक्ष विष्णुमाया खत्रीले गत दुई आर्थिक वर्षको आर्थिक प्रतिबेदन तथा चालु आर्थिक वर्षको हालसम्को आम्दानी खर्च विवरण पनि प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा क्लवका संरक्षक तथा अध्यक्ष वाग्लेले भावी कार्यक्रम र कार्यदिशा प्रस्तुत गरेका थिए । अध्यक्ष वाग्लेद्वारा प्रस्तुत भावी कार्यक्रममा जिल्लाका १० वटै पालिकामा दमौली संगम क्लवको पालिका स्तरीय कमिटि विस्तार गरिने रहेको छ । पालिका स्तरको शाखामा ३० बर्ष उमेर मुनीका युवाहरुलाई मात्र क्लवको सदस्य बनाईने योजना रहेको छ ।

त्यसैगरि प्रावि स्तर सामुदायिक विद्यालयमा पनि अक्षयकोष स्थापना गरिने तथा जेष्ठ नागरिक अक्षयकोष पनि स्थापना गरिने भावि कार्यक्रमहरु रहेको सचिव हमालले बताईन् ।
साथै दमौली संगम क्लव स्मारिका पनि स्थापना गरिने भएको छ । दमौली संगम क्लवले हाल जिल्लाका १० वटै पालिकाका १७ वटा सामुदायिक विद्यालयमा जनही एक लाख ५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरि छात्रबृत्ति वितरण गर्दै आएको छ । लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष