व्यास १ को कराङकाठमा मोटरेबल पुल बन्ने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २३

व्यास नपा–१ स्थित कराङकाठ बसपार्क जाने मोटरेबल पुल बन्ने भएको छ । सो पुलको निर्माण सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भयो । व्यास नगरपालिका कार्यालय र निर्माणपक्ष ज्वालामूखी कन्स्ट्रक्सन निलकण्ठ ३ धादिङ बीच उक्त पुलको निर्माण सम्झौतामा हस्ताक्षर भएको हो ।

व्यास नगरपालिकाले गत पुस ३ गते सूचना प्रकाशित गरी विद्यूतिय बोलपत्र आब्हान भएकोमा अनलाईन मार्फत पेश भएका विभिन्न ३ फर्मका विद्यूतिय बोलपत्र लागत अनूमान (मू.अ.कर र कन्टिजेन्सी बाहेक रु.५,८२,४०,९४९।०० मा सबैभन्दा बढी ८.४० प्रतिशत रकम घटी बोलपत्र दर्ता गराउने ज्वालामूखी कन्स्ट्रक्सन निलकण्ठ ३ धादिङले कबोल गरेको (मू.अ.कर र कन्टिजेन्सी बाहेक) रु.५,३३,५०,७३०।०० अंकको न्यूनतम मूल्यांकित बोलपत्र कार्यपालिका बैठकबाट स्वीकृत भई मंगलबार ठेक्का सम्झौता भएको हो ।

१८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा मंगलबार नगरप्रमूख बैकूण्ठ न्यौपानेको कार्यकक्षमा प्रमूख प्रशासकीय अधिकृत गंगालाल सूवेदी र निर्माण कम्पनीका प्रोपाईटर धर्मराज लोहनीबीच सम्झौता आदान प्रदान भएको छ ।

उक्त समयमा नगर प्रमूख वैकूण्ठ न्यौपानेबाट तोकिएको समयमा कार्य सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । मोटरेवल पूल निर्माण गर्ने स्थानमा हाल ह्यूम पाईप कल्र्भट रहेको र वर्षातको समयमा बूल्दीखोलामा बाढी आंउदा उक्त कल्भर्टले पानिको फ्लोलाई रोक्दा वरिपरीको स्थानमा डूवानको समस्या रहेकोमा पूल निर्माण भएपछि उक्त समस्या समाधान हूने साथै व्यवस्थित रुपमा वसपार्क सन्चालन गर्न सहज हूने नगरपालिकाले अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले