घुम्ति शिविरको दोश्रो दिन स्वास्थ्य सेवावाट ३५४ जना लाभान्वित

Devghat Online

शेयर गरौ

दमौली, फागुन २३

म्याग्दे गाँउपालिकाद्वारा सन्चालित घुम्ति शिविरको दोश्रो दिन स्वास्थ्य सेवावाट ३ सय ५४ जना लाभान्वित छन् । स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार ः कृषि, पर्यटन र पुर्वाधारलाई मुल आधार वनाएको म्याग्दे गाँउपालिकाले एकिकृत घुम्ती शिविर शुरु गरेको घुम्ति शिविरमा ३ सय ५४ जनालाई स्वास्थ्य सेवा दिईएको हो । जसमा १ सय ५८ जना पुरुष र १ सय ९६ जना महिला रहेका छन् ।

स्वास्थ्य सेवा अन्तरगत समान्य स्वास्थ्य सेवा ३ सय २२ जनाले सेवा लिएका छन् । सुगर परिक्षण १ सय ८१ जनाको गरिएको छ । यसैगरि ईम्पलाण्ट सेवा ३ जना, टिभि स्क्रिनिङ्क सेवा ३२ जनाले लिएका छन् । यसैगरि आयुर्वेद्ध तर्फ १०३ जनाले सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरेले बताए ।

वडाको टोल स्तरमा सन्चालन हुने घुम्ति शिविर फागुण २१ र २२ गते वडा नं ३ मा, २३ र २४ गते वडा नं ४ मा,२७ र २९ गते वडा नं ५ मा, फागुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ गते वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ति शिविर संचालन हुनेछ ।

शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने पालिकाले जनाएको छ । पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा संचालन हुने शिविर चैत्र ८ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले