घिरिङमा आयोजित निशुल्क आँखा परिक्षण शिविरमा ५७० जना लाभान्वित, ३३ जनाको सल्यक्रिया

Devghat Online

शेयर गरौ

अन्जान परियार, घिरिङ फागुन २४

घिरिङ गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ र कालिगन्डकी आँखा उपचार केन्द्र रामपुर पाल्पाको प्राविधिक सहयोगमा आयोजित निशुल्क आँखा जाँच शिविरमा ५७० जनाको स्वास्थ्य परिक्षण भएको छ । दुई चरणमा आयोजित उक्त शिविरमा पहिलो जम्मा ५७० जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षणको क्रममा मोतिबिन्दु लागेका ३३ जनाको बुधबार सल्यक्रिया गरिएयो
गाउँपालिकाले गत फागुन १६ गते वडा नम्बर ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकी र फागुन १९ गते वडा नम्बर १ कृष्ण माध्यमिक बिद्यालयमा आँखा परिक्षण गरेको थियो ।

उक्त दुबै परिक्षणमा सल्यक्रिया गर्नु पर्ने देखिएका विरामीको बुधबार सल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले बताए । साथै जटिल अप्रेसन गर्नु पर्ने ३ जनालाई हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको छ ।

सो शिविरको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए । शिविरमा आँखा सम्बन्धि समस्याहरुको जाँच, निशुल्क औषधी वितरण, मोतीबिन्दु भएका विरामीहरुको निशुल्क अपरेशनको व्यवस्था तथा आँखा कमजोर विरामीलाई निशुल्क चश्मा समेत वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रिमालले बताए ।

वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले चिकित्सक टोलीलाई धन्यवाद दिदैं आखाको शल्यक्रिया गरेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । सो कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका प्रमुख रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले