दमौली, फागुन २४
अखिल नेपाल महिला संघ जिल्ला कमिटि तनहुँले महिला हिंसाका घटना न्यूनिकरण गर्न प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गरेको छ । श्रमिक महिला दिवसको अवसरमा अनेमसंघ तनहुँले विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै महिला हिंसाका घटना नै नहुने बातावरण सिर्जना गर्न र घटना घटेको खण्डमा छिटो र प्रभावकारी व्यापारिक कदम चाली अपराधीलाई उचित दण्ड, पिडितलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
नेपाली महिलाका हक–अधिकार प्राप्ति, लोकतन्त्र स्थापना र नागरिक अधिकार आन्दोलनको अगुवा संगठन भएको भन्दै अनेमसंघले स्थापनाकालदेखी नै सबै प्रकारका विभेद र महिला विरुद्ध हुने हिंसाको अन्त्यको उद्देश्यका साथ विभिन्न अभियानहरु सन्चालन गर्दै आएको जनाएको छ ।
महिलाहरुका विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन, महिला मैत्री कानून निर्माण र कार्यान्वयनमा महिलाहरु बिच सचेतना जस्ता कार्यक्रमहरु गर्दै आएको तर विडम्बना, लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु पनि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यहवार बेचविखन, ओसारपसारका साथै संस्कृति र परम्परा नाममा हुने हिंसा र आधुनिक प्रविधिको प्रयोगका माध्यमबाट हुने हिंसा परिवारवाट अझै पनि पिडित हुने गरेको अनेमसंघले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा नेपाल प्रहरीमा उजुरी परेका घटनाहरुलाई मात्र हेर्दा घरेलु हिंसाका १८५१२ घटना दर्ता भएको अनेसंघले जनाएको छ । जसमा जबरजस्ती करणीका घटना २३८७, जबरजस्ती करणी उद्योगका घटना ५१८, बोक्सीको आरोपका ४३ घटना, मानव बेचविखनका १२४ घटना, बालविवाह ५२, जातिय विभेद २७, तेजाब प्रहारका ३ र अवैध गर्भपतनका ३२ घटना दर्ता भएको भन्दै अनेमसंघले यसबाहेक पनि परिवारको इज्यत, असुरक्षा उजुरी गर्दा व्यहोर्नु पर्ने सास्ती र सामाजिक दवावको कारण घटना प्रहरी समक्ष पुगेनन् ।
महिला आन्दोलनको परिणामस्वरुप महिला विरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनिकरणका लागि सवैधानिक तथा कानूनी व्यवस्थाहरु भएका भएपनि अनुसन्धान प्रक्रियामा ढिलासुस्ती र कानून कार्यान्वयनमा आएको उदासिनताले पिडितले न्याय पाउने अवस्था न्यून देखिन्छ भने विभिन्न घटनाहरूले यसको पुष्टी समेत गरेको अनेमसंघले जनाएको छ । समाजमा महिला तथा किशोरीहरुको बलत्कारपछि हत्याका प्रकरणहरु बढीरहेकोछ । विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थान कतैपनि महिला तथा किशोरीहरूले सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । विभिन्न घटनाहरुले राज्य आफ्नो दायित्व निर्वाह गर्नबाट चुकेको महशुस भएको अनेमसंघले जनाएको छ ।
यस्तो अवस्थामा समाज र राष्ट्रको विकास सम्भव छैन । महिलामाथि हुने हिंसाका घटनाहरु बढ्दै जानुमा राज्यको प्रभावकारी उपस्थिती नदेखिनु प्रमुख कारणका रुपमा देखापरेको छ । प्रभावकारी सूचना संयन्त्र निर्माण, अनुसन्धान र सजाय जस्ता पक्षहरु प्रभावकारी बनाएर महिलमाई सुरक्षित महशुस गराउन राज्यको दायित्व हो ।
गृह प्रशासन, समाजमा शान्ति सुरक्षा जयम गर्ने मुख्य जिम्मेवार निकाय भएकोले गृहमन्त्री मार्फत सरकारलाई महिला हिंसाका घटना न्यूनिकरण गर्न प्रभावकारी कदम चाल्न, साथै घटना ने नघट्ने बातावरण सिर्जना गर्न र घटना घटेको खण्डमा छिटो र प्रभावकारी कदम चाली अपराधीलाई उचित दण्ड, पिडितलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनेमसंघले माग गरेको छ ।