दमौलीमा जलवायू परिवर्तन नीतिबारे स्थानिय सरकारसँग संवाद

Devghat Online

शेयर गरौ

दमौली, फागुन २६

दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसँग संवाद कार्यक्रम भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजना र फिमिको सहयोगको उक्त कार्यक्रम भएको हो ।
शुक्रबारदेखि सन्चालन भएको उक्त कार्यक्रम आइतबारसम्म जारी रहने राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी पुर्व सचिव सावित्रा चेपाङले जानकारी दिईन् ।

शुक्रबार व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेसँग तनहुँका भुजेल महिलाहरुले जलवायू परिवर्तन नितीबारे संवाद र अन्तरक्रिया गरेका थिए । त्यस्तै शनिवार व्यास–१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खले सँग सो संवाद गरेको छन् ।

सो अवसरमा वडाअध्यक्ष हड्खलेले महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने बताए । उनले थपे ’आर्थिक रुपमा सबल बन्नको लागी उद्यमी बन्नुपर्छ ।’ जलवायू परिवर्तनबाट जोगिन समुदाय जोडिएर एक हुनुपर्ने प्रशिक्षक एवं राष्ट्रिय मानव अधिकार आयोगका शाखा अधिकृत किरण बरामले बताए । स्थानीय सरकारले जलवायू परिवर्तन सम्बन्धमा के कस्तो निति र कानुन बनाएको छ भन्ने जानकारी लिने उक्त संवाद कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

जलवायू परिवर्तनका असर, न्युनिकरण र अनुकुलनमा लागी स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र सोही अनुरुप नीति निर्माण गर्नुपर्ने भुजेल महिला समाजकी केन्द्रिय अध्यक्ष बसुन्धारा घर्तीले बताईन । उनले थपिन ‘जलवायू परिवर्तनको मुख्य असर आदिवासी जनजाति समुदाय लाई परेको छ ।’

उक्त कार्यक्रम अध्यक्षता राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी वरिष्ठ उपाध्यक्ष थम माया छन्त्यालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ