शुक्लागण्डकीमा २ वटा बन्दुकसहित ७ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, फागुन २६

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुरमा २ वटा बन्दुकसहित ७ जना पक्राउ परेका छन् । शंकास्पद वस्तुसहित सरिप चन्द समातिएका थिए । उनलाई सोधपुछ गरेर पछ्याउँदा दुईनाले बन्दुकसहित ५ जना र एकनाले बन्दुकसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो । दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् ।

एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एमालेको हीरक महोत्सव आजः प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि निम्तो, पुर्व राष्ट्रपती भन्डारीलाई गणतन्त्र गौरबले सम्मान गर्ने

काठमाडौं, बैशाख १० नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ । नेकपा

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

देवघाटमा चोरीको बिगबिगी: कल्पवासीको कुटी फोरी २ लाख ५० हजार नगद र ३ तोला सुन चोरी

देवघाट, बैशाख ९ देवघाट गाउँपालिकामा पछिल्लो दिनमा मोटरसाईकल चोरी हुनुलाई सामान्य रुपमा लिन थालिएको छ

ओझेलमा परेको सीता गुफा

रामायणमा सीता मातालाई उनका पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो अपमान सहन