जेसिआइ व्यास नगरद्वारा नयाँ सदस्यताको लागि आवेदन खुल्ला, १८ देखि ४० वर्षसम्मका महिला पुरुष दुबैले आवेदन दिन सक्ने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २७

जेसिआइ व्यास नगरको बर्ष २०२४को प्रथम साधारण सभा शनिवार व्यास–४ कृष्णपुर स्थित सचिवालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवीन पुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाले जेसिआइ व्यास नगरको नयाँ सदस्यताका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको छ ।

आजदेखि चैत २५ गते ५ बजेसम्म आवेदन दिन सकिने अध्यक्ष पुरीले जानकारी दिए । संस्थाको सदस्य बन्ने योग्यता पुरा भएका महिला तथा पुरुष सबैले आवेदन दिन सकिने बताइएको छ । आवेदन दिनका लागि १८ वर्ष पुुरा भई ४० वर्ष नकटेको तथा कुनै पनि फौजदारी अभियोग नलागेको हुनुपर्ने छ ।

सदस्यता दिन इच्छुकले संस्थाको सचिवालय, भोर्लेटार स्थित एबिसि मिनि मार्ट, भेटघाट चोक स्थित गिरी इमपपेक्स, प्रशासन चोक स्थित साझा स्टेशनरी, एन्जिला हार्डवेयरबाट आवेदन फारम लिन सक्ने बताइएको छ । आवेदन दिएका प्रस्तावित सदस्य छनोटको पुर्ण अधिकार वर्ष २०२४को कार्यसमितिमा निहित हुने पुरीले बताए ।

साधारण सभाले संस्थाको भवन मर्मत तथा निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै सभाले एरिया बि कन्फरेन्स बिडिङ २०२५ होस्ट गर्न प्रास्ताव लैजाने निर्णय पनि गरेको अध्यक्षले जानकारी दिए ।
सभामा संस्थाका पुर्व अध्यक्षहरु नविन श्रेष्ठ, सुरेश पुरी, माधव न्यौपाने, रमेश गिरी, भरतकुमार श्रेष्ठ , कृष्ण सुनार लगायतले बोलेका थिए ।

सोही अवसरमा महासचिव सनम अधिकारी तथा कोषाध्यक्ष सोम बहादुर नेपालीले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरिएको थियो । कार्यक्रममा कार्यकारी उपाध्यक्ष अनुप दाहालले स्वागत गरेका थिए भने जेसिसको आस्था र राष्ट्रिय गानको अगुवाई सुरजकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू