बालकुमारी कलेजद्वारा कालिका माविमा प्राथमिक उपचार सम्बन्धि तालिम

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २७

चितवनको नारायणगढ स्थित बालकुमारी कलेजको आयोजना तथा देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका माध्यमिक विद्यालयको व्यवस्थापनमा प्राथमिक उपचार सम्बधी एक दिने तालिम आईतवार सम्पन्न भएको छ।

प्राथमिक उपचारको महत्व तथा यसको प्रक्रियाहरुको देवघाट क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले सो तालिम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विद्यालयमा प्राथमिक उपचारको निकै महत्व हुने भन्दै तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा बालकुमारी कलेजका सहायक क्याम्पस प्रमुख अन्नत ढुंगाना, कालिका माविका प्रअ इन्द्रदेव तिवारी,बालकुमारी कलेजका प्रशासन प्रमुख चन्द्रकान्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।

तालिममा मनकामना अस्पताल भरतपुरका डा.मनोज क्षेत्री र कविता खतिवडाले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिएका थिए ।

तालिममा देवघाटको कालिका मावी, पार्वती मावी, बज्रयोगीनी मावी, सिताराम संस्कृत मावी, सिद्धमहाकाली मावीका ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको