देवघाट ४ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २८

देवघाट गाउँपालिका-५ स्थित देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवौं साधारणसभा तथा उपभोक्ता भेला सोमबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एव वडा न ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिब केशवचन्द्र न्यौपाने, कालिका माविका पुर्व अध्यक्ष बाबुराम अधिकारी , सिद्ध महाकाली माविका प्र अ वासुदेव तिवारी, देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक भोजराज नैनावस्ती, भरतपुर महानगरपालिका वडा नं २९ का पुर्व अध्यक्ष मन बहादुर राना, समाजसेवी कूल चन्द्र न्यौपाने , पुर्व वडा न५ सदस्य ठाकुर कुमारी काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष अधिकारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष इन्द्र थापा मगरले प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा संस्थाका उत्कृष्ट ३ जना कर्मचारी लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

संस्थामा हाल ७१० घरधुरी उपभोक्ता रहेको जानकारी गराईएको थियो । रातमाटे तल्लो बस्ती र क्युदी बस्ती लाई पानी वितरण गर्न ५० हजार घन मिटर टंकीको निर्माणकार्य सम्पन्न भएको पनि सो अवसरमा जानकारी गराईएको थियो ।
भर्जन कालिका मन्दिरलाई ५१ हजार सहयोग गर्ने

उक्त साधारणसभाले देवघाट-५ मा निर्माणाधिन भर्जनकालिका माईको मन्दिर निर्माणकार्य का लागि सर्व संस्थाको तर्फबाट ५१ हजार सहयोग गर्ने निर्णय गरिएको थियो । उक्त कार्यक्रमको सन्चालन संस्थाका सचिव भरत आचार्य ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष