तनहुँ समाज हङकङद्वारा मृगौला र क्यान्सर पीडितलाई सहयोग

Devghat Online

शेयर गरौ

दमौली, चैत १

तनहुँ समाज हङकङले दुई जना मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले बिहीवार दमौलीमा ३ जना बिरामीको उपचारार्थ सहयोग गरेको हो । समाजले तीन जना बिरामीलाई एक लाख ३० हजारका दरले ३ लाख ९० हजार सहयोग गरेको छ ।

केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेका तनहुँको व्यास नगरपालिका–३ देउराली नगरका ७१ वर्षीय इन्द्रसिंह गुरुङ र व्यास–१ गल्बुवेसीका ५५ वर्षका नरबहादुर गुरुङको उपचारार्थ सहयोग गरेको हो । त्यस्तै गरि भानु नगरपालिका–१३ पोखरीछापका ४६ वर्षीय मिन बहादुरलाई पनि समाजले आर्थिक सहयोग गरेको छ ।

समाजका पुर्व अध्यक्ष जंगबहादुर थापा र भीमराज गुरुङले संयक्त रुपमा सहयोग रकम बिरामी तथा तिनका परिवारलाई हस्तान्तरण गरेका हुन् । बिरामी मध्ये मृगौला पीडितले तनहुँ जिल्ला अस्पतालबाट नियमित डायलाइसिस सेवा लिइरहेका छन् भने क्यान्सर पीडितको इन्डियामा उपचार भइरहेको छ ।

उक्त रकम विभिन्न सिलसिलमा हङकङ पुगेका तनहुँवासीबाट संकलन गरेर पठाइएको हो । रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष थापाले बिगत देखीनै समाजले तनहुँको समाजिक बिकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए । दुख पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ आफ्नो क्षमता अनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको थापाले बताए ।

साथै पूर्व अध्यक्ष गुरुङले १९९९ देखी समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरेको उनले बताए । हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उनले बताए ।

समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय