२००७ को आन्दोलनमा ज्यान गुमाएका उत्तरकुमार श्रेष्ठको परिवारद्वारा शालिक हटाउन माग

Devghat Online

शेयर गरौ

दमौली, चैत १

सरकारले पछिल्लो पटक सार्वजानिक गरेको सहिदको सुचिमा २००७ सालको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका व्यास नपा–११ तनहुुँसुरका उत्तरकुमार श्रेष्ठको नाम नसमेटिएपछि उनको परिवारले असन्तुष्टि जनाएका छन् । स्व.श्रेष्ठको परिवारले तनहुँसुरमा रहेको उनको शालिक हटाउन माग समेत गरेका छन् । सहिदमा नाम राख्न समेत अस्विकार भएपछि शालिक मात्र राखिराख्नु अपमानजनक भएको भन्दै उनको स्व.श्रेष्ठको शालिक हटाउन परिवारका सदस्यले माग गरेका हुन् ।

०८० चैत १ गते व्यास नगरपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा स्वर्गिय उत्तरकुमार श्रेष्ठका नाती प्रेमकुमार श्रेष्ठले राज्यले आफ्नो हजुरवुवालाई सहिदको सुचिमा समावेश नगरेर विभेद गरेको भन्दै तनहुँसुरमा रहेको हजुरबुवाको शालिक हटाउन नगरपालिका समक्ष माग गरे ।

२००७ सालको जनक्रान्तिमा तनहुँको तत्कालिन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा सहादत प्राप्त गरेका उत्तरकुमार श्रेष्ठलाई हालसम्म पनि राज्यले सहिदको सुचिमा नराखेकोमा उहाँका नातीले असन्तुष्टि जनाएका थिए । उक्त आन्दोलनमा मारिने अन्य व्यक्ति सहिदमा सुचिकृत हुँदा आफ्नो हजुरवुवा उत्तरकुमार श्रेष्ठलाई भने हालसम्म सहिदको सुचिमा नराखिएको श्रेष्ठले बताए । यसबारेमा आफुहरुले पछिल्लो पटक गृहमन्त्रीलाई भेटेर समेत जानकारी गराएको भन्दै श्रेष्ठले पछिल्लोपटक सहिदको सुचि सार्वजानिक गर्दा नाम आउने आशा रहेकोमा त्यसो नभएको गुनासो गरे ।

तनहुँसुरमा रहेको उक्त शालिक व्यास नगरपालिकाले नहटाए आफ्नो परिवारको तर्फबाट शालिक हटाउने निश्कर्षमा पुगिएको श्रेष्ठले बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्वर्गिय उत्तरकुमार नाम सहिदको सुचिमा नसमेटिनु ज्यादै दुखद भएको भन्दै यसबारेमा पुनः एक पटक गृहमन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको