सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई आबुँखैरेनीको बैंक खाता उपहार

Devghat Online

शेयर गरौ

दमौली, चैत १

आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई एक हजार नगद सहितको बैंक खाता उपहार दिने भएको छ ।
सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान अन्तर्गत आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म अध्ययनरत छात्रालाई एक हजार बचत सहित छात्रा बचत खाता खोलिदिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गत मंगलबार बसेको कार्यपालिकाको वैठकले उक्त निर्णय गरेको अध्यक्ष चुमानले बताए । सानैदेखि बचत गर्ने बानीको विकास गर्न तथा आफ्नो रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशिल विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पु¥याउने लक्ष्य अनुसार सो निर्णय गरिएको अध्यक्ष चुमानले बताए ।

छोरीकै नाममा हुने उक्त खाताको संरक्षक भने अभिभावक हुनेछन् । समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै छोरासरह छोरीले पनि अध्ययनका लागि अवसर पाउन् भन्ने मूख्य उद्देश्य अनुसार उक्त निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल बताइन् ।

बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा लिईएको उपाध्यक्ष अर्यालको भनाई छ ।

यसैगरि आवुँखैरेनी गाउँपालिकाले शैक्षिक सुधार अभियान अन्र्तगत गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएकोे हो । सामुदायिक विद्यालयका प्रधानाध्यापकको हालै बसेको बैठकबाट गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधार अन्तर्गत आँबुखैरेनीका गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकोमा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको छ ।

सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउन, शिक्षाको गुणस्तर उकास्न र शिक्षा सबैका लागि समान धारणाको विकास गर्न जनप्रतिनिधिका साथसाथै शिक्षक तथा कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको